दशैं–तिहार विशेष गीत ‘भईयो परदेशी’को म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ । लोकप्रीय गायक थानेश्वर गौतम र गायिका सदिक्षा कट्टेलको स्वरमा सजिएको नयाँ गीत ‘भईयो परदेशी’ सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरूको पीडा र चाडपर्वमा गाउँघरको सम्झनालाई मुख्य विषय बनाइएको यो गीत दशैं–तिहार विशेष रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा शब्द र संगीत लक्ष्मण पोखरेलले दिएका छन् भने एरेन्ज रमेश सेन्चुरीले गरेका हुन् । नेपाली गीत–संगीत र चलचित्रको विकासमा सक्रिय कम्पनी ‘हाइटेक इन्टरटेन्टमेन्ट’ले गीत निर्माण गरेको हो ।

म्युजिक भिडियोमा स्मारिका ढकाल र सन्दीप वस्तीले अभिनय गरेका छन् । भिडियोमा उत्सव दाहालले सिनेमाटोग्राफी गरेका छन् भने सम्पादन मीन रावलले गरेका छन् । भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।

परदेशमा काम गर्ने नेपालीले दशैं–तिहार जस्ता चाडपर्वमा भोग्ने अभाव, परिवारप्रतिको माया र पीडालाई भिडियोमा यथार्थ रुपमा प्रस्तुत गरिएको छ ।

भिडियो ‘हाइटेक इन्टरटेन्टमेन्ट’को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको केही घण्टामै भिडियोले दर्शकहरूको सकारात्मक प्रतिक्रिया पाएको छ ।

👉 भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया दिनुहोस्