कार्यबोझ बढी भएका निकायमा थप दरबन्दी दिने सरकारको स्पष्टोक्ति |



काठमाडौँ । सरकारले कार्यबोझ बढी भएका निकायमा प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न थप दरबन्दी मिलान गर्ने निर्णय स्पष्ट पारेको छ ।

गत भदौ ३१ गते बसेको सचिवस्तरीय बैठकको निर्णयप्रति असमझदारी देखिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यबोझ बढी भएका क्षेत्रलाई लक्षित गरी अतिरिक्त दरबन्दी उपलब्ध गराइने जनाएको हो ।

कार्यालयका सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार सेवाप्रवाहमा कठिनाइ भोगिरहेका निकायहरूलाई प्राथमिकतामा राखी दरबन्दी व्यवस्थापन गरिनेछ । दरबन्दी मिलान गर्दा कर्मचारीको वृत्तिविकासमा कुनै असर नपर्ने व्यवस्था हुने पनि उनले बताए ।

यसै सन्दर्भमा अस्पष्टता हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आधिकारिक पत्राचार गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्