शक्तिपीठमा भक्तजनको घुइँचो |



काठमाडौँ । नवरात्रको पहिलो दिन आज देशभरका घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको आह्वानसहित पूजा आराधना गरिएको छ ।

घरको पूजा कोठा वा दसैँघरमा घटस्थापना सम्पन्न गरेपछि देवी शैलपुत्रीको विशेष पूजाआराधना गर्ने प्रचलन छ । दुर्गाका नौ रूपमध्ये एक शैलपुत्रीलाई गिरिराज हिमालयकी पुत्री पार्वतीका रूपमा देवी कवच, मार्कण्डेय पुराणलगायत धर्मग्रन्थमा वर्णन गरिएको पाइन्छ । उहाँलाई सबै देवीहरूको अधिश्वरीका रूपमा मानिन्छ ।

हिमालयको तपस्या र प्रार्थनाले प्रसन्न भई पुत्रीका रूपमा शैलपुत्री उत्पन्न भएको धार्मिक विश्वास रहेको छ । आज घटस्थापनासँगै काठमाडौँ उपत्यका मात्र नभई देशभरका शक्तिपीठहरूमा पूजा, आराधना र दर्शनार्थी भक्तजनको ठूलो भीड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्