दक्षिणकालीमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा



काठमाडौं ।
दक्षिणकाली नगरपालिका–१ चाल्नखेलमा राष्ट्रिय मुवाँथाईं एकेडेमी सञ्चालनमा आएको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले व्यक्तिगत लगानीमा र भाडामा लिएको जग्गामा एकेडेमी स्थापना गरेका हुन् ।

एकेडेमीमा मुवाँथाईसँगै अन्य मार्सल आर्ट्स र योगाको प्रशिक्षण समेत उपलब्ध हुनेछ । अध्यक्ष कक्षपतिका अनुसार एकेडेमीले देशभरबाट प्रतिभावान खेलाडी छनोट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उद्घाटन अवसरमा ग्रान्ड मास्टर सिद्धाचार्य माक युरी वज्रमुनीले खेलाडीलाई विशेष प्रशिक्षण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्