फुलकन्ट्याक्ट करातेमा बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति



काठमाडौँ, असोज ४ गते ।
नेपाल फुलकन्ट्याक्ट कराते महासंघको शनिबार सम्पन्न चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीलाई अध्यक्ष चयन गर्दै २२ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध गठन गरेको छ ।

कीर्तिपुरमा सम्पन्न सभाबाट प्रेमबहादुर तामाङ वरिष्ठ उपाध्यक्ष, राजु तुलाधर, धनबहादुर तामाङ र नन्दाकुमार किराती उपाध्यक्ष, प्रेमनाथ श्रेष्ठ महासचिव, राजीव खडका सचिव तथा वीरकृष्ण महर्जन कोषाध्यक्षमा निर्वाचित भए ।

त्यसैगरी, अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट सदस्य पदमा चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्ष तथा गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यमा मनोनित गरेको छ ।

नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत एवं खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेललगायतले प्रमाणपत्र प्रदान गरे । उक्त साधारण सभाको उद्घाटन राखेपका सदस्य–सचिव टंकलाल घिसिङले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्