डुङ्गेश्वरका लेखा अधिकृत कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ



काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई रु एक लाख घुससहित नियन्त्रणमा लिएको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य पूरा भएपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउको समय कार्कीले सेवाग्राहीसँग मागेको रु एक लाख भुक्तानी लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९, मङ्गलगडी चोकबाट पक्राउ गरिएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्