
काठमाडौं । राजनीतिक दलहरूले प्रयोग गर्दै आएका हिंसात्मक प्रतीक हटाउन निर्वाचन आयोगसमक्ष माग गरिएको छ।
निर्वाचन आयोगमा दर्ता नम्बर ४६२ अनुसार २०८२ असोज २ गते पेश गरिएको निवेदनमार्फत हतियार वा हिंसात्मक प्रतीक (हतौडा, हसिया, त्रिशूल, खड्ग, तीर, भाला, धनुष, गैंती, मशाल आदि) राजनीतिक दलका चिन्ह, झण्डा, लोगो तथा कार्यालयको छापमा प्रयोग नगर्न माग गरिएको हो।
निवेदन दर्ता गर्ने सबिन बरालले उक्त विषयमा गृहमन्त्रीलाई मौखिक जानकारी गराइसकेको उल्लेख गर्दै आयोगले तत्काल कदम चाल्नुपर्ने बताएका छन्। “यो केवल प्रतीकको मात्र प्रश्न होइन, नेपालको राजनीतिक संस्कृति, शान्ति प्रक्रिया र लोकतान्त्रिक मूल्यको संरक्षणसँग प्रत्यक्ष सम्बन्धित विषय हो,” विज्ञप्तिमा भनिएको छ।
बरालले यसबारेमा आम नागरिकलाई जानकारी दिलाउन र छलफलको वातावरण बनाउन मिडिया गृह, पत्रकार तथा सरोकारवालाहरूमार्फत प्रचार–प्रसार गर्न पनि आग्रह गरेका छन्।





