
काठमाडौं । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ। नयाँ वा पुराना दुवै ग्राहकले इन्टरनेट जडान वा नवीकरण गर्दा छुट र उपहार पाउनेछन्।
यस अफर अन्तर्गत रु. ३,००० पर्ने मेस राउटर रु. ५०० छुटसहित रु. २,५०० मा उपलब्ध हुनेछ। त्यस्तै, रु. १०,७४९ मूल्य पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटपछि रु. ८,२९९ मा किन्न सकिनेछ। साथै, ४३–इन्चको हिमस्टार स्मार्ट टिभी मात्र रु. २७,९९९ मा उपलब्ध हुनेछ।
भुक्तानीका लागि इसेवा एप प्रयोग गर्ने ग्राहकलाई थप क्यासब्याक सुविधासमेत दिइएको छ। रु. ८,४०० भन्दा बढी भुक्तानी गर्दा PromoCode VIA300 प्रयोग गर्ने ग्राहकले रु. ३०० क्यासब्याक पाउनेछन्।
यसबाहेक, ग्राहकहरूले “Spin the Wheel” मा सहभागी भई आकर्षक उपहार जित्ने अवसर पाउनेछन्। यसमार्फत १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट सेवा पाउन सकिने कम्पनीले जनाएको छ।





