
रसुवा । जेनजी प्रदर्शनका क्रममा गत भदौ २५ गते रसुवा कारागारबाट फरार भएका ९७ मध्ये ९१ जना कैदीबन्दी कारागार फर्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता प्रहरी निरीक्षक राजु शाहका अनुसार केही कैदीबन्दीलाई सुरक्षाकर्मीले घरमै पुगेर पक्राउ गरेका थिए भने केहीले आफैं आत्मसमर्पण गरेका हुन् ।
हालसम्म फरार रहेका मध्ये रसुवा कालिका–३ का रूपेश नेपाली, उत्तरगया–३ का छिरिङ उर्फ सुमन तमाङ, गोसाइँकुण्ड–१ का निमा दोर्जे तामाङ, गोसाइँकुण्ड–३ का कर्मा सोनाम तामाङ, नुवाकोट किस्पाङ–१ का वीरमान तामाङ र सोही गाउँपालिका–५ का निर्मल तामाङ रहेको प्रहरीले जनाएको छ ।





