
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ । संविधान २०७२ घोषणाको १० वर्ष पूरा भएको उपलक्ष्यमा सरकारको विशेष कार्यक्रमसँगै टेलिकमले असोज २ गतेदेखि ४ गतेसम्म लागू हुनेगरी विभिन्न सेवा प्याकेज उपलब्ध गराउने भएको हो ।
अफर अन्तर्गत रु. ४९ मा १ दिनसम्म चल्ने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सुविधा पाइनेछ ।
त्यस्तै, डाटा प्याकेजमा रु. १११ मा ५ दिनका लागि ६ जीबी, रु. १९९ मा ७ दिनका लागि १३ जीबी, रु. २९९ मा १२ दिनका लागि २० जीबी र रु. ३९९ मा १५ दिनसम्म चल्ने ३० जीबी डाटा सुविधा उपलब्ध हुनेछ ।
यसैगरी, रु. ७८९ मा उपलब्ध ‘फेस्टिभ कम्बो प्याक’ प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म चल्नेगरी तोकिएको छ । सो प्याकमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न सकिने ६०० मिनेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहनेछ । पोस्टपेड प्रयोगकर्ताले उक्त प्याक वा ३० जीबी डाटा प्याक खरिद गरेमा शुल्क प्रतिमास बुझाउनु पर्ने रेन्टल चार्जबाटै काटिने सुविधा पनि दिइएको छ ।
ग्राहकहरूले यी प्याकेजहरू असोज २ देखि ४ गतेसम्म 141510# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी खरिद गर्न सक्नेछन् ।





