एनटीए डेमोन्स्ट्रेसन टोलीलाई काठमाडौं तेक्वान्दो संघको बिदाइ



काठमाडौं ।
काठमाडौं जिल्ला तेक्वान्दो संघले मंगलबार ‘इन्डियन गट ट्यालेन्ट’ मा सहभागी हुन लागेको एनटीए डेमोन्स्ट्रेसन टिमलाई बिदाइ गरेको छ ।

संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव रजकलगायतले टोलीलाई प्रोत्साहन दिँदै एक कार्यक्रमबीच बिदाइ गरेका हुन् । सो अवसरमा टोलीलाई प्रोत्साहनस्वरूप २५ हजार रुपैयाँ प्रदान गरिएको सचिव रजकले जानकारी दिए ।

मन्दिप राईको नेतृत्वमा रहेको २६ सदस्यीय टोली बुधबार भारतको मुम्बई प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्