समृद्धि स्कुल टिम च्याम्पियन |



काठमाडौं, भदौ २१ । इन्डो–नेपाल कराते प्रतियोगितामा आयोजक समृद्धि स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै अग्रस्थान हासिल गर्‍यो । प्रतियोगिता संयोजक रवि शाहीका अनुसार भारतले १० स्वर्ण जित्दै दोश्रो स्थानमा चित्त बुझायो ।

कुमुतेतर्फ पुरुषतर्फ समृद्धिका सविर श्रेष्ठ डंगोल र महिलातर्फ मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा भने बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी बन्न सफल भइन् । अन्भीले प्रतियोगितामा दुई स्वर्ण जितेर आफ्नो प्रभाव जमाइन् ।

त्यस्तै, प्रशिक्षकतर्फ बेदाङ्गका डम्बरबहादुर आले र निर्णायकतर्फ सुवास कार्की उत्कृष्ट घोषित भए ।

विजेताहरूलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष तथा नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुते गरी ४५ स्पर्धामा २८३ खेलाडीले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्