लम्कीमा जुत्ताचप्पल गोदाममा आगलागी, ७० लाखभन्दा बढीको क्षति



कैलाली। लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी हुँदा ७० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

घटना आज बिहान २ः४० बजे लम्कीचुहा नगरपालिका–१, टीकापुर रोडमा रहेको “कल्पना ट्रेडर्स एण्ड सप्लायर्स” मा भएको हो। आगलागी सुरु भएपछि लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा ल्याइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिएका छन्।

गोदाम लम्कीकी कल्पना जैशीले सञ्चालन गर्दै आएकी हुन् र यहाँ चप्पल तथा जुत्ता भण्डारण गरिएका थिए। आगलागीले गोदाममा रहेका सबै सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। गोदाममा कोही बस्ने नहुँदा आगो कसरी लागेको भन्ने बारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्