
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सामाजिक सञ्जाललाई कानुनको दायरामा रहेर सञ्चालन गर्नुपर्ने बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनको विशेष अधिवेशनलाई आज उद्घाटन गर्दै उनले सामाजिक सञ्जाल व्यवस्थापनबारे स्पष्ट धारणा राख्दै भने, “म कानुनमन्त्री हुँदा नेपालमा टिकटक बन्द भएको थियो, दर्ता भएपछि मात्रै पुनः सञ्चालनमा आयो । एउटा चिया पसल चलाउन दर्ता आवश्यक हुन्छ, तर विश्वभर चल्ने सामाजिक सञ्जाल भने दर्ता नगरी सञ्चालन हुनु उचित होइन ।”
सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा सञ्चालन गर्नु समयको माग भएको बताउँदै उनले मुलुकको हितलाई प्राथमिकता दिँदै त्यसअनुसार अघि बढ्न सबै पक्षलाई आग्रह गरे ।





