लिपुलेक हाम्रो भूमि हो भन्ने कुरा चीनलाई प्रस्ट्याएका छौँ : प्रधानमन्त्री ओली |



ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपाली भूमि भएको विषयमा चीनसँग स्पष्ट रूपमा धारणा राखिएको बताएका छन् ।

उनका अनुसार भदौ १४ देखि १८ गतेसम्मको चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङसँगको भेटमा भारत–चीनबीच लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमतिप्रति असहमति जनाउँदै आपत्ति दर्ज गराइएको हो ।

ललितपुरको सनराइज सभा हलमा सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस विषयमा भारतसँग पनि निरन्तर प्रष्ट कुरा गर्दै आएको बताए । साथै, उनले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) मा नेपालले कुनै समर्थन नगरेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्