सिन्धुलीमा ट्रकको ठक्करले पैदलयात्रीको मृत्यु, एक घाइते |



सिन्धुली । कमलामाई नगरपालिका–९ बथानचौडी नजिक मदन भण्डारी राजमार्गमा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार विराटनगरबाट काठमाडौँतर्फ गइरहेको ट्रकले बाटोमा हिँडिरहेका भुवन भुजेल र टेकप्रसाद दाहाललाई ठक्कर दिँदा भुजेलको घटनास्थलमै मृत्यु भएको हो । दाहालको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्करपछि नियन्त्रण गुमाएको ट्रक सडकछेउको घरमा ठोक्किँदा गारो भत्किएको र घरपालुवा २० वटा पन्छी मरेको छ । ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्