
काठमाडौँ । संयुक्त राज्य अमेरिकाबाट डिपोर्ट गरिएका थप १९ जना नेपाली बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका छन् । उनीहरूमध्ये २ महिला र १७ पुरुष रहेका छन् ।
विमानस्थल अध्यागमन कार्यालयका वरिष्ठ अधिकृत अञ्जन न्यौपानेका अनुसार आवश्यक प्रक्रिया पूरा भएपछि सबैलाई थप सोधपुछका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यसअघि विभिन्न चरणमा गरेर अमेरिकाबाट २१५ जना नेपाली डिपोर्ट भइसकेका छन् ।





