इन्द्रजात्रा भक्तपुरमा सुरु |




भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका विभिन्न टोलमा इन्द्रको प्रतीकस्वरूप सानो लिङ्गो ठड्याइएको छ, जसलाई नेपाल भाषामा ‘यम्वोः द्यो’ भनिन्छ ।

संस्कृतिकर्मी ओम धौभडेलका अनुसार, प्राचीन किवंदन्तीअनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूल आवश्यक परेको थियो । त्यसैले उनले छोरालाई फूल ल्याउन पठाइन् । पारिजात फूल खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरूले पक्राउ गरेपछि देवता र दैत्यबीच युद्ध भएको र अन्ततः देवताको विजयमा खुसी व्यक्त गर्न इन्द्रजात्रा मनाउने प्रचलन सुरु भएको विश्वास गरिन्छ ।

आज पूजाआजासहित इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायतका टोलमा ‘यम्वोः द्यो’ ठड्याइएको छ । भक्तपुरमा यो जात्रा आठ दिनसम्म निरन्तर चल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्