प्रधानमन्त्री ओली बेइजिङमा विशेष सैनिक परेडमा सहभागी



बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राजधानी बेइजिङमा आयोजित विजय उत्सवको ८० औँ वार्षिकोत्सवको विशेष सैनिक परेडमा सहभागी भएका छन् ।

समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उपस्थित विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई स्वागत गरेका थिए । परेडपश्चात प्रधानमन्त्री ओली राष्ट्रपति सीद्वारा आयोजित दिवा भोजमा समेत सहभागी भए ।

प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहेका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्