“आकाशै राम्रो जुनले” सार्वजनिक, अनिश लिम्बु र सुनिता थेगिमको स्वरमा



काठमाण्डौं ।
नेपाली सांगीतिक क्षेत्रलाई समृद्ध बनाउने उद्देश्यसहित नयाँ गीत “आकाशै राम्रो जुनले” सार्वजनिक गरिएको छ। समसामयिक भावना र मौलिक लोकलय समेटिएको यस गीतले श्रोता तथा दर्शकमाझ विशेष प्रभाव पार्ने अपेक्षा गरिएको छ।

गीतमा चर्चित गायक अनिश लिम्बु र गायिका सुनिता थेगिम लिम्बुले स्वर दिएका छन्। मनिपाल राईले शब्द र संगीत संयोजन गरेका हुन् भने गीतको मिक्सिङ तथा मास्टेरिङ राजु कार्कीले गरेका छन्।

गीतको रेकर्डिङ राजा स्टुडियोमा गरिएको हो, जहाँ सुरेश राईमनोज सामसुन राईले रेकर्डिस्टको भूमिका निर्वाह गरेका छन्।

भिडियोतर्फ पनि गीत आकर्षक बनेको छ। भिडियोलाई बिजय मगरले निर्देशन गरेका छन् भने अर्जुन खड्काले छायांकन, सम्पादन र पोस्टर आर्टको जिम्मेवारी सम्हालेका छन्। प्रकाश संयोजनमा अनिल पराजुली र मेकअप आर्टिस्टमा रबिना लिम्बुको योगदान छ।

भिडियोमा पूर्ण लिम्बू, सुहाङ्मा आङ्बुहाङ लिम्बु, सुरेश सापकोटा, अनिश नुमिहाङ राई, गंगा राई, कल्पना हाङ्खिम राईसुनिता पन्त लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ।

उत्कृष्ट संगीत संयोजन, दृश्य सौन्दर्य र समृद्ध सांस्कृतिक प्रस्तुतीकरणसहितको “आकाशै राम्रो जुनले” ले नेपाली गीतसंगीतमा नयाँ तरङ्ग ल्याउने विश्वास गरिएको छ।

👉 गीतको भिडियो हेर्नुहोस्: https://www.youtube.com/embed/vIvNsCbBTu4?si=23erFUsO1zdDKRiH

प्रतिक्रिया दिनुहोस्