
काठमाडौं, असार ३० गते।
खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध मजबुत पार्ने उद्देश्यले चीनको युनान प्रदेशको खेलकुद ब्युरोले नेपाललाई करिब ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गर्ने भएको छ।
हस्तान्तरण कार्यक्रम असार ३१ गते मंगलबार अपरान्ह २:४५ बजे सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजना हुनेछ। कार्यक्रम राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधि र चिनियाँ पक्षको उपस्थिति रहनेछ।





