राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार हुने



काठमाडौं, असार ३० गते।
हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स–टु ब्लिट्ज चेस प्रतियोगिता’ आउँदो शनिबार हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले सहभागिता जनाउनेछन्।

पछिल्लो संस्करणको तुलनामा यसपटक दोब्बर सहभागिता रहने एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले जानकारी दिइन्। प्रतियोगितामा खुलातर्फ १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

एकदिने प्रतियोगितामा खुला, यू–१५, महिला, भेट्रान, फिडे रेटिङ १७०० र १५०० मुनि, अनरेटेड, यू–१३, यू–११, यू–९, यू–७ तथा बेस्ट एचसीए विधासमेत समावेश गरिएका छन्। बालबालिकाको बौद्धिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

प्रतिक्रिया दिनुहोस्