निर्णायक काजल श्रेष्ठ अमेरिका जाँदै



काठमाडौं, असार ३० गते।
तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ मंगलबार अमेरिका प्रस्थान गर्दैछिन्। उनी जुलाई १७ देखि १९ सम्म क्यालिफोर्नियामा हुने वर्ल्ड तेक्वान्दो हान्मादाङ प्रतियोगितामा निर्णायकका रुपमा सहभागी हुनेछिन्।

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले यसअघि अस्ट्रेलियन ओपन र जापानमा भएको वाटा ओपन तेक्वान्दोमा निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन्। सन् २०२५ मा उनी उत्कृष्ट निर्णायक पनि घोषित भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्