
काठमाडौं, असार ३० गते।
राष्ट्रिय पारालिम्पिक कमिटी नेपालका कोषाध्यक्ष तथा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटी दक्षिण एसियाली पारा खेलकुद महासंघको उपाध्यक्षमा निर्वाचित भएका छन्। असार २८ गते भारतको बेंगलुरुमा सम्पन्न बैठकबाट उनी उपाध्यक्ष चयन भएका हुन्।





