
काठमाडौं, असार ३० गते।
विश्व स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस च्याम्पियनसिपको १२ औं संस्करणमा सहभागी हुन केदारमान स्थापित मंगलबार थाइल्यान्डको पटाया प्रस्थान गर्ने भएका छन्। प्रतियोगिता असार ३२ गतेदेखि साउन ३ गतेसम्म हुनेछ।

केदारले ५० वर्षमाथिका पुरुषतर्फको ७६ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। उनलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य हिमालकुमार श्रेष्ठ र कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे।





