काठमाडौं, असार ३० गते ।
चीनको युनान प्रान्तको खेलकुद ब्युरोले नेपाल राष्ट्रिय खेलकुद परिषद्लाई करिब ८५ लाख रुपैयाँ बराबरको खेल सामाग्री हस्तान्तरण गर्ने भएको छ ।
खेलकुदमार्फत द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित सो हस्तान्तरण कार्यक्रम मंगलबार (असार ३१ गते) अपराह्न २:४५ बजे अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा हुनेछ ।





