वल्र्ड समर युनिभर्सिटी गेम्सका लागि नेपाली टोलीको बिदाइ



काठमाडौं – जर्मनीमा जुलाई ६ देखि २७ सम्म आयोजना हुने ३२औं वल्र्ड समर युनिभर्सिटी गेम्सका लागि नेपाली टोलीको बिदाइ गरिएको छ।

विश्वविद्यालय खेलकुद संघ नेपाल (USAN) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् सदस्य भानबहादुर चन्द, जगतसिंह धामी, उसान अध्यक्ष प्रा.डा. ज्ञानेन्द्र पौडेल लगायतले खेलाडीलाई बिदाइ गरे।

टोलीमा ४ खेलका १५ खेलाडी रहेका छन्। टेबलटेनिसमा गणञ्जय दाहाल, रितिज जोशी र शिखा सुवाल श्रेष्ठ, ब्याडमिन्टनमा रोशन साउद, अनिल मल्ल, क्षितिज खनाल, आयुष्मा नेपाल र निशम हाङ्मा शेर्पा, एथलेटिक्समा पाल्देन पाख्रिन तामाङ र आयुष श्रेष्ठ, तथा तेक्वान्दोमा अभिषेक बराल, अभिषेक डल्लाकोटी, रुपेश तामाङ, पुजन खड्का र रेजिना पार्की सहभागी छन्।

टोलीमा महासचिव पूर्णसिंह बोहरा, अध्यक्ष ज्ञानेन्द्र पौडेल, पूर्व डिन प्रा.डा. अनिलकुमार पोखरेल, सदस्य अशोक श्रेष्ठलगायत ८ पदाधिकारीसहित २३ जनाको सहभागिता रहनेछ।

प्रतियोगितामा विश्वका १५१ राष्ट्रका करिब ८,५०० खेलाडी सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्