
काठमाडौं जिल्ला डजबल संघको प्रथम साधारण सभा तथा निर्वाचनबाट भीष्मराज ढकालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचन पुष्पलाल मेमोरियल स्कुल, कपनमा सम्पन्न भएको हो।
निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष विनोद अधिकारी, सचिव श्यामबहादुर श्रेष्ठ, कोषाध्यक्ष शोभा ठाकुर रहेका छन्। सदस्यहरूमा पवित्रा घिमिरे नेपाल, रेखा लामा, मनीष ढकाल, मदनबहादुर बिक र कौशल ज्ञवाली चयन भएका छन्।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समिति प्रमुख शारदा दाहाल, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट अतिथिहरूको उपस्थिति थियो।





