टेबलटेनिस लेभल वान कोचिङ कोर्ष सम्पन्न



लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित लेभल वान कोचिङ कोर्ष आइतबार सम्पन्न भएको छ। अखिल नेपाल टेबलटेनिस संघद्वारा आयोजित उक्त पाँचदिने कोर्षमा नेपालका २८ र भारतका २ प्रशिक्षार्थी सहभागी थिए।

आईटीटीएफ विकास कार्यक्रम व्यवस्थापक बेन होज माब्रुक रामजीले प्रशिक्षण दिएका थिए। कार्यक्रममा अध्यक्ष वृजेन्द्रबहादुर हमाल, सह–अध्यक्ष शंकर गौतम, महासचिव कुवेरप्रकाश सिंहलगायतले सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्