१७४.३१ ग्राम खैरो हिरोइनसहित दुई जना पक्राउ



मोरङ, असार २८ गते।
मोरङको विराटनगरमा १७४.३१ ग्राम खैरो हेरोइनसहित दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बिराटनगर महानगरपालिका–१४ मलाया रोडस्थित इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले असार २८ गते साँझ ६ बजे चेकजाँचको क्रममा को ३० प ४१० नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१२ का २३ वर्षीय रोशन लाल महत्तो र भारतको अररिया जिल्ला, फुल्का थाना–२ का २१ वर्षीय पवन कुमार यादव रहेका छन्। चेकजाँचका क्रममा रोशन लाल महत्तोको साथबाट खैरो हेरोइन जस्तो देखिने १७४.३१ ग्राम पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

बरामद लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। साथै, उनीहरूले चढेको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्