३१५० केजी गाँजासहित ट्रक बरामद, चालक फरार



मोरङ, असार २९ गते ।
मोरङको कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा प्रहरीले अबैध लागू औषध गाँजा लोड गरिएको ट्रक बरामद गरेको छ।

शनिबार राति १२:३५ बजे चेकजाँचको क्रममा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को.१ ख ४५१८ नम्बरको सेतो रङको ट्रक प्रहरीले जाँच गर्न खोजेपछि चालक ट्रक छाडेर फरार भएको थियो।

ट्रकको सतही रूपमा बन्दाकोपी लोड गरिएको देखिए पनि विस्तारमा जाँच गर्दा ट्रकभित्र १०५ बोरा अवैध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त बोरामा जम्मा ३१५० केजी गाँजा रहेको बताइएको छ।

हाल ट्रकसहित बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ भने फरार ट्रक चालकको खोजी तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सामग्रीको विवरण:

  • अवैध लागू औषध गाँजा: ३१५० केजी
  • ट्रक (को.१ ख ४५१८, सेतो रङ): १ थान
प्रतिक्रिया दिनुहोस्