
काठमाडौं, असार २८ ।
नेपाल मोर्डन पेन्टाथलन संघका अनुसार खेलाडी सोयबमान श्रेष्ठले सिंगापुरमा आयोजित युआईपीएम ग्लोबल लेजर रन सिटी प्रतियोगिताको यु–१७ समूहमा रजत पदक जितेका छन्।
प्रतियोगिता जुलाई १३ तारिखमा सम्पन्न भएको थियो।
श्रेष्ठको यो उपलब्धिलाई संघले महत्वपूर्ण सफलता मानेको छ।





