
काठमाडौं, असार २८ ।
दक्षिण कोरियाको बुसानमा सम्पन्न अन्तर्राष्ट्रिय केआई खेलकुद महोत्सवमा सहभागी नेपाली कराते खेलाडीहरूले ४ पदक जित्न सफल भएका छन्।
अनु मोक्तान र विकास घर्तीले स्वर्ण पदक जित्दा आशिष धामी र जमानसिंह गुरुङले कांस्य पदक हात पारेका हुन्।
निर्णायक महेश महर्जनका अनुसार जमानसिंह कोरियामै स्थायी रूपमा बसोबास गर्दै आएका हुन्।
प्रतियोगितामा चित्र श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।





