क्रिकेटर जोय थापा नगदसहित सम्मानित



काठमाडौं, असार २८ ।
मनमैजुस्थित एन्जल्स हार्ट नेसनल स्कुलले एसीसी पुरुष यु–१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोलीका सदस्य जोय थापालाई नगदसहित सम्मान गरेको छ।
एसईई परीक्षामा सफल भएका विद्यालयका विद्यार्थीलाई सम्मान गर्न शनिबार आयोजित कार्यक्रममा जोयलाई समेत सम्मान गरिएको हो।
मलेसियामा सम्पन्न प्रतियोगितामा जोयले इन्डोनेसियाविरुद्ध ५७ रन, भुटानविरुद्ध ६१ रन र सिंगापुरविरुद्ध २४ रन बनाएका थिए।
उनलाई विद्यालयका अध्यक्ष लिलबहादुर पुन, प्रिन्सिपल टकबहादुर थापा र खेलकुद संयोजक सुमन तिमल्सिनाले सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्