एनआरएनए नर्दन टेरिटोरीको कोषाध्यक्ष पदमा सन्दीप भुषालको उम्मेदवारी घोषणा




काठमाडौं, असार २७ गते।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नर्दन टेरिटोरी राज्यको कोषाध्यक्ष पदमा सन्दीप भुषालले उम्मेदवारी घोषणा गरेका छन्।

अष्ट्रेलियाका विभिन्न राज्यहरूमा एक दशकभन्दा बढी समय बिताउँदै आर्थिक व्यवस्थापनको क्षेत्रमा अनुभव बटुलेका भुषालले नेपाली समुदायका लागि नयाँ कार्यक्रम ल्याउने उद्देश्यसहित उम्मेदवारी घोषणा गरेका हुन्।

समुदायमा लामो समयदेखि स्वयमसेवकका रूपमा सक्रिय रहँदै लोकप्रियता कमाएका भुषालले कोषाध्यक्ष पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनको उम्मेदवारीलाई एनआरएनए नर्दन टेरिटोरीका पूर्व तथा वर्तमान कार्यसमितिका सदस्यहरूले स्वागत गरेका छन्।

यस पटकको एनआरएनए नर्दन टेरिटोरीको निर्वाचनमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी र युथ कोअर्डिनेटर पदमा अनुपम ढुंगाना बलिया प्रतिस्पर्धीका रूपमा देखिएका छन्।

नर्दन टेरिटोरी राज्यमा उम्मेदवारी दर्ता आगामी जुलाई १२ मा हुने छ भने निर्वाचन जुलाई २६ मा तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्