वादोरियो कराते संघद्वारा गुरुपूजा कार्यक्रम सम्पन्न



नेपाल वादोरियो कराते डो संघले गुरुपूजा कार्यक्रम सम्पन्न गरेको छ। त्रिपुरेश्वरस्थित संघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सिनियर प्रशिक्षक र खेलाडीहरूको उपस्थितिमा प्रमुख प्रशिक्षक हरिशरण केसीलाई गुरुपूजा गरिएको हो।
कार्यक्रममा वरिष्ठ प्रशिक्षक पुरुषोत्तम पोखरेल, सुमन तिमिल्सिना, संघर्ष पहरी, रोएकता सिंहलगायतका प्रशिक्षक र खेलाडीहरूले गुरुपूजामा सहभागिता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्