
काठमाडौं, असार २५
नेपाल टेलिकमले आगामी असार २६ गतेदेखि लागू हुने गरी ‘Monsoon Offer 2082’ सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिको बढ्दो आवश्यकतालाई ध्यानमा राखी ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले यो अफर ल्याएको जनाएको छ।

कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, डिजिटल सेवाको पहुँचलाई अझ सुलभ र किफायती बनाउने उद्देश्यले विभिन्न डेटा, भ्वाइस र एसएमएस प्याकेजहरू यस अफरमार्फत उपलब्ध गराइनेछ। विशेषगरी शारीरिक वा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनस सुविधा सहितका प्याकेजसमेत समावेश गरिएको छ।
त्यसैगरी, ‘सजिलो अनलिमिटेड ६९९’ र ‘७९९’ प्याकेजमा ३० प्रतिशतसम्म छुट दिइने बताइएको छ। ग्राहकले *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ मोबाइल एप प्रयोग गरी अफर सम्बन्धी जानकारी लिन र प्याकेजहरू खरिद गर्न सक्नेछन्।
अफर सम्बन्धी विस्तृत विवरण नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा उपलब्ध छ। टेलिकमले “ग्राहक सेवामा समर्पित” नारालाई आत्मसात गर्दै, ग्राहकबाट प्राप्त सुझाव र सेवा प्रयोगशैलीलाई मध्यनजर गर्दै अफर तयार पारिएको जनाएको छ।





