युरोपका चार प्रतियोगितामा सहभागी हुँदै शिभाली गुरुङ, एक्लो नेपाली खेलाडीको रूपमा छनोट



काठमाडौं – नेपाली टेनिस खेलाडी शिभाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम/आईटीएफ/एटीएफ अन्तर्गत युरोपको चार प्रतियोगितामा सहभागी हुँदैछिन्। शिभाली फ्रान्स, जर्मनी र बेल्जियम का विभिन्न स्थानमा हुने प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्दैछिन्।

खेल तालिका:

जुलाई ११–१३: ट्रेनिङ क्याम्प, पेरिस

जुलाई १४–२०: ओपन स्टेड फ्रेङक्यास, पेरिस

जुलाई २१–२७: टेनिस युरोप, एन्सी, फ्रान्स

जुलाई २८–अगस्ट ३: इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेन, जर्मनी

अगस्ट ४–१०: यङ च्याम्पियनसिप कप, बेल्जियम

शिभाली यस प्रतियोगिताका लागि एसियाबाट छनोट भएका १२ खेलाडीमध्ये एकमात्र नेपाली महिला खेलाडी हुन्। नेपाल टेनिस संघले मंगलबार त्रिपुरेश्वरस्थित परिषद् हातामा शिभालीलाई बिदाइ गरेको छ।


साथै

महिला राष्ट्रिय फुटबल टिमलाई सम्मान गरिँदै

काठमाडौं – महिला राष्ट्रिय फुटबल टिमका खेलाडीहरूलाई एक विशेष कार्यक्रममार्फत सम्मान गरिने भएको छ।

मिति: २०८२ असार २५, बुधबार

समय: बिहान ८:१५ बजे

स्थान: इन्साइट भिजन सेकेन्डरी स्कुल, धुम्बाराही

कार्यक्रममा फुटबल टिमको योगदानप्रति कृतज्ञता प्रकट गर्दै सम्मान गरिने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्