राखेपले खेलाडीको शारीरिक क्षमता र बनोटको अनुसन्धान गर्न ‘ल्बतष्यलब क्उयचतक कभष्अलअभ च्भकभबचअज ऋभलतभच’ नामक नयाँ वैज्ञानिक इकाई स्थापना गरेको छ। आधुनिक प्रविधिमा आधारित परीक्षण प्रणालीमार्फत प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।
उपलब्ध उपकरण:
- पोर्टेबल VO2 टेस्टिङ डिभाइस
- ब्लड लेक्टेट एनालाइजर
- सर्फेस EMG, मोसन ट्र्याकिङ
- साइकल इर्गोमिटर, टाइमिङ गेट
- बायोमेकानिक्स फुल सिस्टम, डुएल प्लेट
- इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटर आदि
राखेपका अनुसार, यी प्रविधिले खेलाडीको शारीरिक तथा मानसिक क्षमताको वैज्ञानिक विश्लेषण गर्न सकिनेछ।





