७ हजार ५ सय स्क्वायर फिटमा फैलिएको सेन्टरमा आधुनिक जिम र ३० भन्दा बढी उपकरण



सातदोबाटोमा निर्माण गरिएको सेन्टरको कुल क्षेत्रफल ७,५७८ स्क्वायर फिट रहेको छ भने जिम हल मात्र ४,०९६ स्क्वायर फिट मा फैलिएको छ। सेन्टरमा खेलाडीका लागि आवश्यक अत्याधुनिक उपकरण र सुविधाहरु छन्।

उपलब्ध प्रमुख सुविधा र संरचना:

महिला/पुरुषका लागि ५/५ वटा बाथरुम

१५/१५ जनाको क्षमता हुने चेन्जिङ रुम

लकर रुम, अफिस रुम, थेरापी रुम, स्टिम रुम

सुविधा सम्पन्न शौचालय, भण्डारण कक्ष

जिम उपकरणहरु:

ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो

स्क्वाट स्टेन्ड, स्मिथ मसिन, पावर स्टेन्ड

लेग प्रेस, लेग एक्सटेन्सन, फङसनल ट्रेनिङ सिस्टम

ओलम्पिक फ्लेट स्टेन्ड, डम्बेल र बारबेल स्टेन्ड आदि

प्रतिक्रिया दिनुहोस्