काठमाडौं, असार २४ – अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा कमजोर प्रदर्शन गर्दै आएका नेपाली खेलाडीलाई उच्चस्तरीय प्रशिक्षण सुविधा दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ‘नेसनल हाई परफमेन्स सेन्टर’ निर्माण सम्पन्न गरेको छ। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरिएको उक्त सेन्टरको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले असार २६ गते गर्ने कार्यक्रम तय भएको छ।
राखेपका अनुसार, केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्ती र प्रदर्शन सुधारमा महत्वपूर्ण भूमिका खेल्नेछ। एकै पटक १०० जनाले प्रशिक्षण गर्न सक्ने क्षमता रहेको यो सेन्टरले नेपाली खेलकुदलाई नयाँ युगमा लैजाने अपेक्षा गरिएको छ।





