१ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं, असार २३ – स्रोत नखुलेको नेपाली रुपैयाँको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले एक चिनियाँ नागरिकलाई ठूलो मात्रामा नगदसहित पक्राउ गरेको छ।

मिति २०८२ साल असार २३ गते राति १० बजे काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँ बस्तीको एक घरमा प्रहरी टोलीले छापा मारेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उक्त डेरामा खानतलासी गर्दा काठमाडौंको स्वयम्भूमा बसोबास गर्दै आएका ४० वर्षीय चिनियाँ नागरिक WANG JIAN (पासपोर्ट नम्बर: EG2216171) लाई पक्राउ गरेको हो।

उनको साथबाट स्रोत नखुलेको रु. १ करोड ४४ लाख (अक्षरेपी एक करोड चवालीस लाख रुपैयाँ) बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उक्त घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्