इन्टरनेट सेवा पुनः सञ्चालन सम्बन्धी सूचना



नेपाल टेलिकमले अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूमार्फत इन्टरनेट सेवा खरिद गरी आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। तर, मिति २०८२ साल असार २४ गते बिहान १:३० बजेदेखि एक सेवाप्रदायकको नेटवर्कमा समस्या देखिएपछि सम्पूर्ण ट्राफिक वैकल्पिक लिङ्कमार्फत सञ्चालन गर्नुपरेकोले सो लिङ्कमा चाप बढ्न गई इन्टरनेट सेवा गति (स्पीड) मा असहजता देखिएको जानकारी गराइन्छ।

हाल समस्या समाधानका लागि आवश्यक कार्य भइरहेको र सेवा पुनः स्थापनाको प्रयास तीव्र गतिमा जारी रहेको जानकारी गराइन्छ।

अप्रत्याशित रूपमा उत्पन्न समस्याका कारण सेवामा भएको अवरोधबाट ग्राहकवर्गलाई परेको असुविधाप्रति नेपाल टेलिकम क्षमाप्रार्थी छ।

प्रतिक्रिया दिनुहोस्