राष्ट्रपति रनिङ शिल्ड विजयी खेलाडीहरू सम्मानितअसार २०, टुसाल



तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न १४औं काठमाडौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई सम्मान गरिएको छ।

नगरपालिकाको प्रतिनिधित्व गर्दै विभिन्न खेल विधामा पदक जित्न सफल खेलाडीहरूलाई एक कार्यक्रमबीच नगरप्रमुख कृष्ण हरि महर्जन र उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले नगदसहित प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे।

कार्यक्रम नगरप्रमुख महर्जनको प्रमुख आतिथ्य र उपप्रमुख बुर्लाकोटीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, शिक्षा समिति सदस्य, खेल संयोजक, शाखा प्रमुख, कर्मचारी तथा खेलाडीको उपस्थिति थियो।

नगर खेलकुद संयोजक बक्रिम खड्गीले कार्यक्रम सञ्चालन गरेका थिए।

सम्मान स्वरूप प्रदान गरिएका नगद पुरस्कार यसप्रकार छन्:

स्वर्ण पदक विजेतालाई: रु. ५,०००

रजत पदक विजेतालाई: रु. ३,०००

कास्य पदक विजेतालाई: रु. २,०००

कोचहरूलाई: रु. ४,०००

पुरस्कार खेल विधाअनुसार प्रतिव्यक्ति प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्