प्रधान सेनापतिद्वारा उपरथी रविन्द्र खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान



काठमाडौं, आषाढ २० – हालै उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी रविन्द्र खत्रीलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

मिति २०८२ आषाढ १३ गतेदेखि उपरथी पदमा पदोन्नति भएका खत्रीलाई आज जंगी अड्डामा आयोजित विशेष समारोहका बीच चिन्ह प्रदान गरिएको हो।

पदोन्नतिसँगै उपरथी खत्री उपत्यका पृतना हे.क्वा.को पृतनापतिमा नियुक्त भएका छन्।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, विभिन्न रथीवृन्द, अन्य उच्च अधिकृतहरू तथा पदोन्नति प्राप्त खत्रीका परिवारजनको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्