
काठमाडौं, असार १६ गते
नवौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन नेपाली कराते टोली सोमबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेको छ। प्रतियोगिता जुलाई २ देखि ७ तारिखसम्म आयोजना हुनेछ।
नेपालबाट ६३ जना खेलाडी सहभागी हुने प्रतियोगितामा समग्र टोलीको संख्या ७३ रहेको छ। यसअघि थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी केही खेलाडी भने थाइल्यान्डबाटै श्रीलंका पुग्ने कार्यक्रम छ।
नेपालले यसअघि स्वदेशमा सम्पन्न सातौं संस्करण र भुटानमा भएको आठौं संस्करणमा टिम च्याम्पियनको उपाधि जितेको थियो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघ अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङलगायतले विशेष कार्यक्रमकाबीच बिदाइ गरे।





