चन्दा पुन “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर”को अध्यक्षमा सर्वसम्मत चयन



काठमाडौं, असार १६

समाज सेवामा लामो समयदेखि समर्पित वरिष्ठ सौन्दर्यविद् चन्दा पुनलाई “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर”को अध्यक्ष पदमा सर्वसम्मत रूपमा नियुक्त गरिएको छ। सन् २०२५–२०२६ को कार्यकालका लागि उनलाई यो गरिमामय जिम्मेवारी प्रदान गरिएको हो।

चन्दा पुन सौन्दर्य क्षेत्रमा मात्र होइन, सामाजिक सेवाका विविध अभियानमा पनि उल्लेखनीय योगदान दिँदै आएकी छन्। आत्मविश्वास अभिवृद्धि र सौन्दर्य विकासमार्फत सामाजिक रूपान्तरणमा उनले खेलेको भूमिका प्रशंसनीय रहँदै आएको छ।

लायन्स क्लबमार्फत उनले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण र विपन्न समुदायको सेवामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएकी छन्। अध्यक्ष पदमा नियुक्त भएपछि पुनले भनिन्, “यो पद मेरो लागि गर्व मात्र होइन, ठूलो जिम्मेवारी पनि हो। मानव सेवा नै सच्चा सेवा हो भन्ने विश्वासका साथ समाजका लागि अझ समर्पित भएर काम गर्नेछु।”

लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर, लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जी अन्तर्गत क्रियाशील क्लब हो, जसले सामाजिक विकासका क्षेत्रमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। चन्दा पुनजस्ती नारी नेतृत्वमा क्लबले सेवा, मानवता र सद्भावको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्