प्रहरी हुँ भनी शरिर बन्धक बनाई डाका गर्ने दुई जना पक्राउ



मोरङ, असार ११ गते

प्रहरीको नक्कली परिचय दिँदै युवकलाई बन्धक बनाई लुटपाट गर्ने गिरोहका दुई सदस्य पक्राउ परेका छन्।

विराटनगर–१५ का २० वर्षीय बिक्रम कुमार साह तेलीले असार ११ गते बिहान ११:१५ बजे रु. ३,६४,००० बैंकमा जम्मा गर्न सिटी सफारी चढेर गइरहेका बेला रानीस्थित राइस मिल छेउमा रातो स्कुटरमा आएका तीन अपरिचित व्यक्तिले सिटी सफारी रोकेर आफूहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट आएको भन्दै नियन्त्रणमा लिएका थिए।

ती व्यक्तिहरूले साहलाई स्कुटरको बीचमा राखी विराटनगर–१४ स्थित एकान्त ठाउँमा लगेर डरधम्की देखाई साथमा रहेको सम्पूर्ण रकम लुटेर फरार भएको पीडितले दिएको उजुरीमा उल्लेख गरिएको छ।

घटनापछि अनुसन्धान थालिएकोमा असार १५ गते डाँका घटनामा प्रयोग गरिएको को. १४ प ३३३० नम्बरको स्कुटरसहित दुई जना पक्राउ परेका छन्। उनीहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्तिहरूको विवरणः
१. समिर हुसेन — अली हुसेनका छोरा, उमेर २४, मोरङ विराटनगर–८।
२. आशिफ अन्सारी — सुल्तान अन्सारीका छोरा, उमेर २७, मोरङ विराटनगर–६।

प्रहरीले दुबै व्यक्तिलाई पीडितबाट सनाखत गराइसकेको छ। उनीहरूमाथि शरिर बन्धक बनाई डाका गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्