महिलाको अश्लील सामग्री उत्पादन र बिक्रीमा संलग्न एक जना पक्राउ



काठमाडौं, असार १३ गते

नेपाली महिला तथा पुरुषसँग रकम लिएर भिडियो कलमार्फत अश्लील गतिविधिमा सहभागी गराउने तथा महिलाको अश्लील फोटो र भिडियो बनाएर बिक्री तथा वितरण गर्ने कार्यमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी टोलीले प्राप्त सूचनाका आधारमा सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौँको टोखा नगरपालिका, ग्राण्डी क्षेत्रमा बसोबास गर्दै आएका २९ वर्षीय रमेश थापालाई नियन्त्रणमा लिएको हो।

उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ बमोजिम अश्लील सामग्री तयार पार्ने वा बिक्री वितरण गर्न नहुने कसुरमा पक्राउ गरी पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्