भूपेन्द्र र सुदेनले बेलायतमा जिते पदक




काठमाडौँ, असार १६ ।

नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङले बेलायतको चेल्टेनह्याममा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्।

भूपेन्द्रले ट्रेडिसनल चाइनिज फर्म (२६.७ अंक), ट्रेडिसनल वेपन (२७ अंक) र ट्रेडिसनल क्रिएटिभ फर्म (२६.८ अंक) मा उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण पदक जितेका हुन्। नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार भूपेन्द्रले यसअघि पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्नुका साथै निर्णायकको भूमिकासमेत निर्वाह गर्दै आएका छन्।

त्यसैगरी, सुदेनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै ट्रेडिसनल चाइनिज फर्ममा २६.१ अंक प्राप्त गर्दै रजत पदक जितेका छन्।

प्रतियोगितामा नेपालसहित जर्मनी, स्पेन, वेल्स, फ्रान्स, भारत, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, कोस्टारिका र इस्टोनियालगायतका देशका ४१५ खेलाडीको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्